निर्वाचन विषेश

उद्योग वाणिज्य सघं चितवन निर्वाचन :अध्यक्षमा कस्को पल्ला भारी ?

बुधबार, २६ पुस २०७४, १८ : ४३
उद्योग वाणिज्य सघं चितवन निर्वाचन :अध्यक्षमा कस्को पल्ला भारी ?

चितवन । पुसको ३० गते उद्योग वाणिज्य सघं चितवनको निर्वाचन हुदैछ । यस पटकको निर्वाचनमा पनि सबै पुराना अनुहारहरु नै देखिएका छन् । निर्वाचनको लागि दुई वटा प्यानलहरु खडा छन् । यो पटकको अध्यक्षको लागि पुर्व बरिष्ठ अध्यक्ष सहनलाल प्रधान र वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ मैदानमा छन् । यस पटकको रमाईलो पक्ष के छ भने यस अघिको निर्वाचनमा दुवै एउटै प्यानलका उम्मेदवार हुन् ।

सहनलाल प्रधानको प्यानलबाटै राजु श्रेष्ठ निर्वाचित भएका थिए । अहिले यी दुईको बिच कडा टक्करको अवस्था छ । यस पटकको निर्वाचन रोचक बन्नुको अर्को एक कारण छ ,पुर्व अध्यक्षहरु एउटा प्यानलमा छन् भने अर्को प्यानलमा वर्तमान कार्यसमितिका पदाधिकारीको उम्मेदवारी छ । 
यदि उद्योग बाणिज्य सघंको निर्वाचनमा गत बर्षको जस्तो टे«न देखिएको खण्डमा सहनलाल प्रधानले निर्वाचन जित्ने देखिन्छ । उपाध्यक्ष पदमा पराजित भएका राजन गौतम अध्यक्षमा निर्वाचित भएका थिए । तर यस अघिको निर्वाचनमा पनि सहनलाल प्रधानको ठुलै चर्चा थियो तर नतिजा भने फरक आयो । यस कारण निर्वाचन अघि सहनलाल प्रधानको पल्ला भारी देखिए पनि राजु श्रेष्ठको पक्षमा जाने देखिन्छ ।

यो दुई बर्षको अवधीमा राजु श्रेष्ठले ठुलो मिहिनेत गरेर बसेको देखिन्छ । सहनलाल प्रधान संचार मध्यको मालिक हुनाले पनि उनको चर्चा बढी नै हुने गर्दछ । उद्योग बाणिज्य सघ चितवनको ईतिहास हेर्ने हो भने बरिष्ठ उपाध्यक्षले नै धेरै पटक निर्वाचन जितेको देखिन्छ । यद्यपी अहिले चितवनको बजार विस्तार सगै नतिजा यो नै आउछ भन्न सकिने अवस्था छैन । यसो त सहनलाल प्रधानलाई जिताउन पुर्व अध्यक्षहरु भरपुर लागेका छन् । उनलाई पुर्व अध्यक्षहरुको साथ भए पनि राजु श्रेष्ठ नारायणगढ कै भएकाले मत बाढिने सम्भावना छ । 
नेतृत्व लिन दुवै जान आक्रमक ढङगबाट मैदानमा उत्रिएका छन् । दुबै जानले आफ्नो पक्षमा मत ल्याउन विभिन्न एजेण्डाहरु मतदाता समक्ष लगेका छन । घर दैलो गर्न टाढा टाढासम्म पुगि राखेका छन् । उद्योग बाणिज्य सघं चितवनमा नयाँ सदस्यहरु थप हुने हुदा पनि नतिजा यहि नै आउछ भनेर भन्ने अवस्था छैन । कार्यसमितिमै बसेर काम गरिराखेकाले अहिलेका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले नयाँ मतदातालाई आफ्नो पक्षमा पर्ने देखिन्छ ।

यो दुई बर्षमा रिङ बाहिर बस्नु परेकाले प्रधानलाई अलि घाटा हुने देखिन्छ । प्रधानलाई पपुलर भोट आए पनि अन्य नयाँ भोट आफ्नो पक्षमा पार्न कठिन छ । राजु श्रेष्ठ प्रष्ट वक्ताको रुपमा उद्योग बाणिज्य सघ चितवनमा देखिन्छन् । त्यसैले उनको पक्षमा रामै भोट आउने देखिन्छ भने प्रधान कम बोल्ने बानी भएकाले मत काटिने सम्भावना बढी छ । 


 

प्रतिक्रिया दिनुहोस