राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

बुधबार, २६ पुस २०७४, १७ : ५९
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।  सरकारले माघ २४ गतेका लागि घोषणा गरेको निर्वाचन मिति अनुसार आयोगले निर्वाचन तालिका बुधबार सार्वजनिक गरेको हो।

यसका लागि आयोगले माघ १० गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते नै उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बुधबारको दिन मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि तयार गरिएको निर्वाचनसम्बन्धी कार्य तालिकालाई स्वीकृत गरी सार्वजनिक गरेको हो ।

७ प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान गरिनेछ ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि ५६ जना निर्वाचनबाट चुनिएर आउनेछन्। राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। जसमा एक जना महिला अनिवार्य हुनेछ।

प्रतिक्रिया दिनुहोस