डा केसीको मुद्दाको बहस सकियो , आदेश आजै आउने

बुधबार, २६ पुस २०७४, १७ : २१
डा  केसीको  मुद्दाको  बहस सकियो , आदेश आजै आउने

काठमाडौं ।  डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ । दुबै तर्फका वकिलबाट बहस सकिएसँगै आजै सर्वोच्चले फैसला  सुनाउने तयारी गरेको छ।
केसीका तर्फबाट भने कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तन लगायतले बहस गरेका छन् ।
इजलासमै डा. केसीले आफ्ना वकिलहरुले रिहा गर्नुपर्ने माग गरे पनि आफू रिहा हुन नचाहेको बताए । अदालतको फैसला आफूलाई मान्य हुने बताउँदै उनले मुद्दा खारेज गर्नुनपर्ने बताए ।

उनले आफूले प्रधान न्यायाधीशमाथि लगाएको आरोपको छानविन हुनुपर्ने धारणा राखे । बहस सकिएपछि न्यायाधीशहरु इजलासबाट च्याम्बरमा फर्किएका छन् । डा. केसीलाई भने सर्वोच्च परिसरमा रहेको एम्बुलेन्समा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस