महिला नेत्री बुढाथोकीको निधन

बुधबार, २६ पुस २०७४, १५ : ५५
महिला नेत्री बुढाथोकीको निधन

बनियानी । झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेतृ कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।

आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उनको निधन भएको हो । स्व.बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीय पत्रकार गोपाल गिरीले जानकारी दिए ।

“झापाली महिलामा जागरण ल्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ”, गिरीले भने, “उहाँ कुनै पनि पार्टीमा आबद्ध हुनुहुन्नथियो ।”  कुन्तीदेवीका पिता रणकेशर बुडाथोकी प्रजातान्त्रिक आन्दोलनका सेनानी थिइन् । रणकेशर नेपाली काँग्रेसमा आबद्ध रहेका थिए । कुन्तीदेवीका तीन छोरी छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस