डा. केसीले सर्वोच्चको इजलासमै भने-'गोपाल पराजुली भ्रष्ट र माफिया हुन्'

बुधबार, २६ पुस २०७४, १४ : ५१
डा. केसीले सर्वोच्चको इजलासमै भने-'गोपाल पराजुली भ्रष्ट र माफिया हुन्'

काठमाडौं  ।  प्रा. डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताएका छन् ।

११ बजेबाट शुरु भएको इजलासमा  डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमा भइरहेको बहसमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको दोहोर्याएका छन् । तर, केसीको अभिव्यक्तिप्रति केही अधिवक्ताहरुले  आपत्ति जनाएका थिए ।

डा. केसीविरुद्ध परेको मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेका बेला केसीले केही बोल्न खोजेपछि समय दिइदा उनले त्यस्तो बताएका हुन् ।

 त्यसक्रममा केसीले आफू कसैको दास नभएर सार्वभौम देशको सचेत नागरिक भएको भन्दै  संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस