डा. केसीको समर्थनमा प्रदर्शन, सर्वोच्चमा बहस चल्दै

बुधबार, २६ पुस २०७४, १४ : २६
डा. केसीको समर्थनमा प्रदर्शन, सर्वोच्चमा बहस चल्दै

काठमाडौं । त्रिवि शिक्षण अस्पतालस्थित अनशनस्थलबाट पक्राउ गरेर सर्वोच्च अदालत पुर्याइएका चिकित्सक गोविन्द केसीको समर्थनमा आज बुधबार पनि माइतीघरमा प्रदर्शन भएको छ । केसीले अदालतको अवहेलना गरेको मुद्दामा सर्वोच्चमा बहस भइरहेका बेला माइतीघरमा प्रदर्शन भएको हो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ ।  डा. केसी आफैंले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् । 

सर्वोच्चमा बहस भइरहँदा नजिकै माइतीघर मण्डलामा भने प्रधान न्यायाधीश गोपल पराजुलीले राजीनामा दिनुपर्ने र गोविन्द केसीलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेको छ ।

 सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस