स्वस्तिमाको कामप्रति प्रियंका र बर्षाले दिए यस्तो प्रतिक्रया

सफल खबर संवाददाता

शुक्रबार, ०४ माघ २०७५, १८ : ५३
स्वस्तिमाको कामप्रति प्रियंका र बर्षाले दिए यस्तो प्रतिक्रया

काठमाडौं । सिनेमा क्षेत्रमा हिरोइनहरु विच मित्रता हुदैन भनिन्छ । हिरोइनहरु एक अर्कालाई डाहा गर्छन् पनि भनिन्छ । तर, सबै हिरोइनमा त्यो खालको सम्बन्ध पनि हुँदैन । अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको सिनेमा बुलबुलको ट्रेलर सार्वजनिक भयो । स्वस्तिमा नेपालमा नभएकाले यो सिनेमाको कार्यक्रम आयोजना गरेर ट्रेलर रिलिज भने गरिएन ।
तर, यो सिनेमामा अभिनेत्री स्वस्तिमा खड्काको कामलाई उनकै सहकर्मी अभिनेत्रीहरुले धाप मारेका छन् । अभिनेत्री प्रियंका कार्कीले मायालु भन्दै स्वस्तिमाको कामको प्रशंसा गरेकी छिन् । अर्की अभिनेत्री बर्षा राउतले पनि खड्का भन्दै सम्बोधन गरेकी छिन् र ट्रेलरमा काम मन परेको लेखेकी छिन् ।

यस्तै, निर्देशक दिपाश्री निरौलाले पनि मेरो लाला भन्दै स्वस्तिमाको कामको प्रशंसा गरेकी छिन् । सिनेमाका स्वस्तिमाको कामलाई लिएर प्रशंसा भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस