डा. केसी सर्वोच्चमा, न्यायाधीसद्वय पुरुषोत्तम र बमकुमारको इजलासमा सुनुवाई हुने

बुधबार, २६ पुस २०७४, ११ : ४७
डा. केसी सर्वोच्चमा, न्यायाधीसद्वय पुरुषोत्तम र बमकुमारको इजलासमा सुनुवाई हुने

काठमाडौं । अदालतको अवहेलना अभियोग लागेका डा. गोविन्द केसीलाई बुधबार पनि सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

मंगलबार न्यायाधीसद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा बयान लिएपछि स्वास्थ्यअवस्थाका कारण वीर अस्पतालमा भर्ना भएका केसीलाई बुधबार सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

केसी विरुद्धको अदालतको अवहेलना मुद्दा आज भने न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । केसीले इजलासमा पहिला आफ्नो कुरा राख्ने पछि बहस सुरु हुनेछ ।

बहसमा केसीको तर्फबाट एकसय जना वकिलले भाग लिनेछन् । मंगलबार बयान लिँदालिँदै समय सकिएपछि बुधबारको लागि सुनुवाई समय तय भएको थियो । अदालतको अवहेलना ठहरिएमा केसीलाई एकवर्ष काराबास सजायँ वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ समेत हुनसक्नेछ ।

केसीले आफुले गल्ती भएको भन्दै इजलाससमक्ष माफी मागेमा भने सजायँ मिनाह समेत हुनसक्ने व्यवस्था छ । तर, डा. केसीले आफुले अदालतको अपहेलना नगरेको तर न्यायपालिकाभित्र मौलाएको भ्रष्ट प्रवृत्ति विरुद्ध रहेको आफ्नो मतमा भने अडिग रहेको बताएका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस