भरतपुर महानगरपालिकामा कहाँ कहाँ बाटो बन्दैछ अब ?

बुधबार, २६ पुस २०७४, ०८ : ५३
भरतपुर महानगरपालिकामा कहाँ कहाँ बाटो बन्दैछ अब ?

चितवन । भरतपुर महानगरपालिकाको नीति तथा कार्यक्रम अन्तरगत यसै बर्ष देखि महानगरको ९५ किलोमिटर सडक निमार्ण कार्य सुरु हुने भएको छ । महानगरपालिका का सबै वडाहरुलाई लिङक हुने गरि रिङरोड निमार्ण कार्यलाई अगाडी बढाईने छ ।

त्यसतै महानगरबाट उत्तर र दक्षिण जोड्ने गरि लिङ्गरोड निर्माण कार्य पनि यसै वर्षदेखि सुरु गरिने जनाईएको छ । यहि लिङ्गरोडमा ठोरी केरुङ लोक मार्ग पनि जोडिने सम्भावना रहन्छ । यो मार्ग भारत र चीनलाई जोड्ने नेपालको सबै भन्दा छोटो मार्ग हो । यो मार्ग भरतपुरमा जोडिएको खण्डमा महानगरपालिकालाई व्यापारीक हबको रुपमा विकास गर्न सहज हुनेछ ।

महानगरबासीको पहिलो चाहाना महानगरको बाटो बनोस् भन्ने सर्वेक्षणले पनि देखाएको छ । जनतालाई विकासको अनुभुति गराउन सबै भन्दा पहिला ९५ किमोमिटर सडकलाई युद्ध स्तरमा निमार्ण कार्यलाई अगाडी बढाईने महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस