काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीको मंगलबार सर्वोच्च अदालतमा बयान लिने क्रम सकिएपनि बहस हुन सकेन । बहस हुन नसकेपछि केसीलाई राख्न सिंहदरवार प्रहरी बृत्तमै राखिएको छ ।
अदालतको मानहानी गरेको अरोपमा सोमबार पक्राउपछि मंगलबार बिहानै अदालत लगिएका केसीको बयान दिउँसो २ बजेमात्रै सुरु भएको थियो ।
तर, डा. केसीको बयान चलिरहेका बेला विभिन्न सञ्चारमाध्यमले लाईभ प्रसारण गरेको तथा बयानको हुबहु छापिएको भन्दै केसीको विपक्षमा बहस गर्ने वकिलहरुले प्रश्न गरेका थिए ।
अदालतमा दिइएको वयान नसक्दै यसरी बाहिर जानु दुर्भाग्य भन्दै अदालत प्रशासनलाई यसको यथार्थ जानकारी दिन र छानविन गर्न वकिलहरुको होहल्ला र मागपछि समय अभाव देखाउदै बहस बुधबारलाई राखिएको हो ।
बुधबार वकिलहरुको माग अनुसार सर्वोच्च अदालतको सिसिटिभी क्यामेराको जाँचपछि पुनः बहस हुने डा केसीतर्फका एक वकिलले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस