वर्षौंसम्म मिहिनेत गरेर कमाएको पैसाले किनेको कार यदि तपाईंले सावधानी अपनाउन सक्नुभएन भने हराउन या चोरी हुन सक्छ । तर, तपाईंले केही सावधानी अपनाउनुभयो भने कार चोरी हुनबाट या हराउनबाट बच्न सक्छ । हामीले पाँच उपाय दिएका छौँ :
१.तपाईं कतै काममा जानुपर्ने हुन्छ । जहाँतहीँ पार्किङको सुविधा नहुने भएकाले एकान्तमा पार्किङ गर्नुपर्ने हुन सक्छ । यदि सम्भव भएसम्म एकान्तमा पार्किङ नगर्नुहोस् । किनकि, एकान्तमा चोरीको जोखिम बढी हुन्छ ।
२.लामो यात्रापछि थकाइ लागेको छ भने आराम गर्दा ख्याल राख्नुहोस् । आराम गर्दा कारको झ्याल बन्द गर्नुहोस् । एकान्तमा आराम नगर्नुहोस् ।
३.पार्किङ गरेको अवस्थामा चाबी निकालेर सधैँ गोजीमा राख्नुहोस् ।
४.मद्दत गर्ने नाममा जथाभावी नचिनेको मान्छेलाई लिफ्ट नदिनुहोस् ।
५.राति बढी जोखिम हुने भएकाले लामो यात्रा गर्नुपरे दिनको समय रोज्नुहोस् । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस