एमाले अध्यक्ष ओली उपचारका लागि भोलि थाइल्याण्ड जाँदै

मंगलबार, २५ पुस २०७४, १६ : ०१
एमाले अध्यक्ष ओली उपचारका लागि भोलि थाइल्याण्ड जाँदै

चितवन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार  थाइल्याण्ड जाने भएका छन् ।
अध्यक्ष ओली आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेको एमाले सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

ओली थाइल्याण्ड उड्नुअघि बुधबार मध्यान्ह साढे १२ बजे  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन समेत राखिएको श्रेष्ठले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस