‘गजेन्द्र वर्मा लाइभ इन नेपाल’का लागि गजेन्द्र वर्मा नेपाल आउने

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, १७ : ५४
‘गजेन्द्र वर्मा लाइभ इन नेपाल’का लागि गजेन्द्र वर्मा नेपाल आउने

काठमाडौं । भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् । उनी क्रिसमस इभ अर्थात डिसेम्बर २४ मा काठमाडौस्थित क्लब डेजाभूमा हुने कार्यक्रम ‘गजेन्द्र वर्मा लाइभ इन नेपाल’का लागि नेपाल आउन लागेका हुन् । 

मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा उनलाई नेपाल ल्याउन लागेको हो । उनी सोमबार नेपाल आउने छन् 

‘क्रिसमस इभलाई रमाइलो बनाउन हामीले पछिल्लो समय नेपालमा खोजिने गायकलाई बोलाएका हौ’ आयोजक मध्यका एक सुमित सिग्देलले भने ‘गजेन्द्रजी पनि नेपाल आउने कुरामा हर्षित हुनुहुन्छ ।’ गजेन्द्रले पनि भिडियो सन्देश पठाउँदै आफु नेपालमा आउन लाग्दा खुसी लागेको बताएका छन् । 

कभर गायनमार्फत सांगीतिक दुनियाँमा उदाएका गजेन्द्रको तुने मेरे जाना, मे तेरा ही रहु, मेरा जहाँ जहाँ लगायतका गीत लोकप्रिय छन् । उनले लाइभ प्रस्तुतिको क्रममा यस्तै गीत संगीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।

प्रतिक्रिया दिनुहोस