संवैधानिक परिषदको बैठक पुस ५ गते बस्नेगरी स्थगित

सफल खबर संवाददाता

मंगलबार, २५ मंसिर २०७५, १८ : २९
संवैधानिक परिषदको बैठक पुस ५ गते बस्नेगरी स्थगित

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । 
प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न साँझ ५ बजे बोलइएको बैठक आगामी पुस ५ गते बस्नेगरी स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । यसअघि शनिबारलाई बोलाइएको परिषद बैठक स्थगित भएको थियो ।

बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीमध्ये एकलाई परिषदले सिफारिस गर्नुपर्ने छ । 
संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ । 
 

प्रतिक्रिया दिनुहोस