सर्च इन्जिन याहुको अग्रस्थानमा सन्नी लियोनी र सलमान खान

एजेन्सी

शनिबार, २२ मंसिर २०७५, १२ : ५७
सर्च इन्जिन याहुको अग्रस्थानमा सन्नी लियोनी र सलमान खान

एजेन्सी । सन् २०१८ को अन्तिम महिना चलिरहेको छ । यस वर्ष बलिउडमा केही फिल्म र गसिप चर्चामा रहे । यसैबीच सर्च इन्जिन याहुले सन् २०१८ को आफ्नो रिभ्यु लिस्ट सार्वजनिक गरेको छ ।

याहुले यस लिस्टमा दीपिका पादुकोण, रणवीर सिंह, प्रियंका चोपडा, सोनाली बेन्द्रेलगायत केही बलिउड स्टारलाई स्थान दिएको छ । तर, यिनीहरूभन्दा सबैभन्दा बढी चर्चा भने सन्नी लियोनी र सलमान खानको भइरहेको छ ।

सर्च इन्जिन याहुको वर्ष २०१८ को रिभ्यु लिस्टमा सन्नी र सलमानको नाम सबैभन्दा माथि रहेको छ । सन्नीले याहुको लिस्टमा सबैभन्दा बढी सर्च गरिने बलिउड अभिनेत्रीको स्थान लिएकी छिन् । र, सलमानले सबैभन्दा बढी खोजिने बलिउड अभिनेतामा पहिलो स्थान ओगटेका छन् । यस वर्ष सन्नीको बायोपिक ‘करनजित कौर–द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस