एयरपोर्टमा प्रियंका र निकलाई हेर्न भीड

मंगलबार, १८ मंसिर २०७५, ०९ : २०
एयरपोर्टमा प्रियंका र निकलाई हेर्न भीड

प्रियंका चोपडा आफूभन्दा १० वर्ष कान्छो अमेरिकी गायक निक जोनससँग विवाह बन्धनमा बाँधिएकी छिन् । विवाह पछि श्रीमान्–श्रीमती निक–प्रियंकाले पहिलो पटक क्यामरामा पोज दिए ।

नवविवाहित जोडीलाई हेर्न जोधपुर एयरपोर्टमा अत्यधिक मानिसहरुको उपस्थिती थियो । प्रियंका र निकले त्यहाँ उपस्थित सबैलाई हात जोडेर अभिवादन गरे ।

प्रियंकाले पिकक कलरको साडी लगाएकी थिइन्, सिउँदोमा सिन्दुर हालेकी थिइन्, मंगलसूत्र लगाएकी थिइन् र रातो चुरा पनि । यस्तै निक लाइट ब्राउन कलरको पहिरनमा देखिएका थिए ।

निक–प्रियंका सोमबार दिउँसो दिल्ली पुगेका छन् । दिल्लीमा दुबैले डिसेम्बर चारमा एउटा रिसेप्सन दिनेछन् । साथै मुम्बईमा हुने भनिएको रिसेप्सनको मिति अहिले नै सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस