सन्दीपको लगातार खराब प्रर्दशनसँगै केरलाको दोस्रो हार

शुक्रबार, १४ मंसिर २०७५, ०९ : ५८
सन्दीपको लगातार खराब प्रर्दशनसँगै केरलाको दोस्रो हार

काठमडौं । यूएईमा जारी टी–१० लिग क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको खराब प्रदर्शन जारी रहँदा केरला किंग्सले तेस्रो पराजय व्यहोरेको छ ।

बिहिबार भएको आफ्नो पाँचौ खेलमा नर्थन वारियर्ससँग ८ विकेटले पराजित हुँदै केरलाको दोस्रो चरण प्रवेश सम्भावना कमजोर भएको हो ।

सन्दीपले बलिङमा खराब प्रदर्शन गरेपछि केरालाले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य वारियर्सले ७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हासिल गर्‍यो। वारियर्सको सहज जितमा सन्दिपले २ ओभरमा ४७ रन खर्चिए ।

उसको जितमा निकोल्स पूरन र आन्दे रुसेलले आक्रमक ब्याटिङ गर्दै सहज जित दिलाए। पुरनले १८ बलमा ५ छक्का र २ चौका प्रहार ४३ रनमा नट आउट रहे । आन्द्रे रुसेल १० बलमा ४ छक्का प्रहार गर्दै २९ रनमा नट आउट रहे ।

सन्दीपले पाँचौ खेलमा खराब प्रर्दशन गर्दै ४७ रन खर्चिएका हुन्। आफ्नो पहिलो स्पेल लिएर चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले २२ रन खर्चिए। खराब सुरुवात पाएका सन्दीप दोस्रो ओभरमा झनै महँगो सावित भए ।

आफ्नो दोस्रो स्पेल लिएर आएका सन्दीपलाई रसेलले लगातार तीन बलमा तीन छक्का प्रहार गरे। त्यस्तै पाँचौ बलमा पुरनले पनि छक्का प्रहार गरेपछि नर्थनले सहज जित हात पारेको हो। सन्दीपले सम्रगमा २ ओभरमा ४७ रन खर्चिए। चौथो खेलमा पनि सन्दीपले पञ्जावी लिजेन्ड्सबीद्ध २ ओभरमा २८ रन खर्चिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केरलाले २ विकेटको क्षतिमा १ सय १ बनाउन सक्यो । ओपनर पाउल स्टर्लिङ २८ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाए । त्यस्तै कप्तान इओन मोर्गिनले १७ र क्रिस गेलले १४ रन जोडे ।

यो हारसँगै केरलाको अघिल्लो चरण अव अंकगणीतिय संभावना मात्र बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस