अमेरिका । हिजो नभेम्बर १०, २०१८ मा शिक्षाविद तथा समाजसेवी शिव लाल धिताल नेपाल विश्व सहयोग संघ (एन ए जि सि)द्वारा अमेरिकाको क्यालिफोर्नियामा अभिनन्दित हुनु भएको छ । झन्डै ४ दसक देखी शिक्षा क्षेत्रमा उदाहरणिय सेवा गरेको र फाउन्डेसन फर नेपलिज ब्लाइन्ड स्टुडेन्ट मार्फत सैयौँ अन्धा विध्यार्थिहरुको लागि अपूर्व योगदान पुर्याउनु भएकोलागि सो अभिनन्दन गरिएको हो। अभिनन्दन पत्रमा उहाँलाई शिक्षा क्षेत्रमा दीर्घसेवा गरेकोमा हार्दिक प्रसँसा गर्दै बिभिन्न संघ संस्था मार्फत समाजलाई सही दिशा तर्फ डोर्याउन नेत्रित्वदायी भूमिका निर्वाह गर्दै मानवताको सेवा गरेको उल्लेख छ। सो अभिनन्दन पत्र एन ए जि सि प्रथम महिला, एन ए एन सि उपाधक्ष तथा लायन्स क्लब अफ बर्किली अन्नपूर्णको पूर्व अध्यक्ष हेमा पनेरुद्वारा श्री शिवलाल धितालको सम्मानमा आयोजना गरिएको एक बिशेष रात्रीभोजको अवसरमा प्रदान गरिएको हो। नेपाल विश्व सहयोग संघ एन ए जि सि का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले अभिनन्दन पत्र पढ्नु भएको थियो भने प्रमुख अतिथिको हैसियत्ले पश्चिम अमेरिका नेपाली महासंघको अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका अध्यक्ष उत्तम कार्किले प्रदान गर्नु भएको थियो। सो अवसरमा नेपाली काङ्रेस गोरखाका वयोव्रिद्द तथा सम्मानित नेता लोक प्रसाद ढकाल, नेपाली काङ्रेस गोरखाका पूर्व सभापती वुद्दी लामिछने, समाजसेवी जयराम तमटा, लायन्स क्लब अफ सान लियान्द्रोका चार्टर प्रेसिडेन्ट तथा जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सदस्य चन्द्र धिताल, शिक्षाविद सुरेश भट्ट आदिले सम्वोधन गर्दै सम्मानित व्यक्तित्व धिताललाई हार्दिक शुभकामना दिनु भएको थियो ।
यस अघी बिभिन्न एन ए जि सी द्वारा व्यक्तित्वहरु सम्मानित भईसके पनि नेपाल विश्व सहयोग संघले अभिनन्दित गरिएका व्यक्तित्वहरुमा धिताल तेस्रो व्यक्तित्व हुनुहुन्छ। पहिलो अभिनन्दित व्यक्तित्व नोबेल पुरस्कार विजेता स्वर्गिय चार्ल्स टाउन्स , दोश्रोमा अमेरिकि स्थानिय सरकारमा निर्वाचित प्रथम व्यक्ती किरण रन सिटौला हुनुहुन्छ। अन्य सम्मानित व्यक्तित्वहरुमा कलाकार भुवन केसी, सरोजखनाल, सपना श्री, नरेन्द्र प्यासी, गोपाल नेपाल फिस्टे, सन्तोष पन्त हुनुहुन्छ भने समाज सेवीहरुमा अनिल पाण्डे, चन्द्रधिताल, ॠषि ढकाल, राजेन थापा, समाज सेवी हेमा पनेरु, दिक्पाल केसी तथा उत्तम कार्की हुनुहुन्छ। त्यसै गरी समाजमा उत्कृष्ट सेवा पुर्याए वापत एन सि तमु समाज, कृयटिभ नेपाल युथ अर्गनाइजेसन, सनी सगरमाथा समाज तथा दि व्ह्वाइट् जोनलाई एन ए जि सिले सम्मान गरीसकेको छ।
सो अवसरमा जनसंपर्क समिती अमेरिकाका केन्द्रिय समितिका वरिष्ठ उपाधक्ष धनन्जय नरसिंह केसी, एन ए एन सि का महासचिव प्रितेश कार्की, नेको फाउन्डेसनका अध्यक्ष विश्व भट्ट, जनसंपर्क समिती उत्तर क्यालिफोर्निया च्याप्टरकी उपसभापती लक्ष्मी कार्की, सचिव हरी भट्ट, एन आर एन ए क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण चन्द्र बानिया, एन ए जि सि अन्तरराष्ट्रिय उपाधक्ष प्रिन्स युवराज कार्की, एन ए जि सि संस्थापक उपाधक्ष सोनिया दाहाल, पत्रकार सर्वज्ञ वाग्ले तथा सागर श्रेष्ठ, शिक्षाविद सुरेश भट्ट, समाजसेवी गंगा लिम्बु, युवराज भट्ट, माया तमटा, रिना कार्की लगायत उल्लेख्य व्यक्तिहरुको उपस्थिती थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०७५, १५ : ३६
लेखकबाट थप