विगत ८० दिनदेखि एउटा कुकुरले मालिकको मृत्यु भएको सडकमा कुरिरहेको छ (भिडियोसहित)

एजेन्सी

मंगलबार, २७ कार्तिक २०७५, ०९ : ४९
विगत ८० दिनदेखि एउटा कुकुरले मालिकको मृत्यु भएको सडकमा कुरिरहेको छ (भिडियोसहित)

- बीबीसी
एउटा कुकुरले विगत ८० दिनदेखि आफ्ना मालिकलाई निकै व्यस्त सडकमा कुरिरहेको छ जहाँ उनको मृत्यु भएको थियो ।

भित्री मंगोलियाको होहोट नामको सडकको बीचमा यताउती हेरेर बसिरहेको कुकुरको भिडियोलाई १४ लाख पटक हेरिसकिएको छ । उक्त भिडियो माइक्रोब्लग सिना वेइबोमा पोष्ट गरिएको छ ।

चीनको पियर भिडियो वेबसाइटका अनुसार गत अगस्त २१ तारिखमा मालिकको मृत्यु भएको दिनदेखि उक्त कुकुरलाई प्रत्येक दिन त्यहि ठाउँमा देखिएको छ ।

एक ट्याक्सी ड्राइभरका अनुसार मानिसहरुले सहयोग गर्न खोदा उक्त कुकुर भागिहाल्छ ।

‘हामी ड्राइभरहरुले उसलाई थोरै खानेकुरा दिन्छौं तर बाहिर निस्कने बित्तिक्कै ऊ भागिहाल्छ,’ उनले भने ।
‘कुकुरको आफ्नो मालिकसँग निकै गहिरो सम्बन्ध थियो । ती महिलाको मृत्यु भएदेखिको यो कुकुर यहिँ बसिराख्छ,’ उनले थपे ।

‘म सधैं उसलाई यहीँ देख्छु । मानिस र कुकुरको सम्बन्ध निकै गहिरो हुन्छ ।

कुकुरको उक्त भिडियो नोभेम्बर १० तारिखमा सिना वेइबोमा सेयर गरिएको थियो । उक्त भिडियोमा मानिसहरुले कुकुरको इमान्दारिताबारे चर्चा गरिरहेका छन् ।
एक व्यक्तिले भने, ‘यो सानो कुकुर निकै इमान्दार छ । मैले पनि कुकुर पालेको थिएँ र उसले प्रत्येक दिन मलाई गाउँको स्कूलमा पर्खिरहेको हुन्थ्यो ।’

अर्का व्यक्ति कुकुरको सुरक्षाका लागि चिन्तित छन् ।

‘व्यस्त सडकको बीचमा कुकुर बसिराख्नु निकै खतरनाक हो । कोही राम्रा व्यक्तिले कुकुरलाई आफ्नो घरमा लगेर उचित सुरक्षा दिनेमा म आशावादी छु,’ एक व्यक्तिले भने ।

यद्यपी, चीनियाँ सोसल मिडियामा यस्ता इमान्दार कुकुरको चर्चा भएको यो पहिलो घटना भने होइन ।

जियोङजियोङ

यो वर्षको सुरुमा जियोङजियोङ नामको एक वृद्ध कुकुरले आफ्नो मालिकलाई कामबाट फर्कने आशासहित ट्रेन स्टेशनबाहिर कुरिरहेको भिडियोले थुप्रै पियर भिडियो प्रयोगकर्तालाई भावुक बनाएको थियो ।

टोकियोको सिबुया रेलवे स्टेशनबाहिर बनाइएको हाचिकोको सालिक

सन् १९२० मा जापानको हाचिको द आकिता आफ्नो मालिकलाई दैनिक रेलवे स्टेशनमा भेट्न जाने भएकाले मानिसहरुमाझ चर्चित थियो । हाचिकोले  आफ्नो यात्रालाई मालिकको मृत्यु भएको ९ वर्षसम्म आफ्नो अन्तिम अवस्थासम्म निरन्तरता दियो ।
 

प्रतिक्रिया दिनुहोस