काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमिला’ लेखिएको छ ।
डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर विष्टले जानकारी दिए । उनले भने, ‘शनिबार मध्यराती बोर्डमा आई लभ यु प्रमिला देखिएको हो । यो ह्याक भएको हो ।’
उनका अनुसार, नापी कार्यालयका प्रमुख मन आग्री बाहिर रहेको बेला बोर्ड ह्याक भएको हो । यसबारेमा अनुसन्धान गर्ने काम भइरहेको विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय