काठमाडौं । मुख स्वस्थ राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।
मुखमा विभिन्न कारणले समस्या देखिने भन्दै मन्त्रालयले मुख स्वास्थ्य सम्बन्धी जानकारी राख्न आग्रह गरेको हो ।
मुख स्वस्थ राख्न प्रत्येक दिन न्यूनतम दुईपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्नुपर्ने र एकपटक डेन्टल फ्लोसले सफा गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
“गुलियो खानेकुरा कम खानुपर्छ । खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ,” मन्त्रालयले भनेको छ ।
सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्न आग्रह गर्दै मन्त्रालयले मौसम अनुसारको फलफूल तथा सागसब्जी खानुपर्नेमा जोड दिएको छ ।
मुखमा कुनै समस्या देखिएमा आफैँ जथाभावी औषधि सेवन गर्न नहुने भन्दै मन्त्रालयले सचेत गराएको छ ।
हरेक ६/६ महिनामा नियमितरूपमा दन्त परीक्षण गर्न पनि मन्त्रालयको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, ०९ : ५१
लेखकबाट थप