प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, १३ : ३०
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको  दर्ज्यानी चिह्न प्रदान गरे। त्यस अवसरमा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस