जसरी सानोको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र फर्कँदैन : बिजुक्छें

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०८१, ०८ : १५
जसरी सानोको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र फर्कँदैन : बिजुक्छें

काठमाडौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कुनै पनि हालतमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन् ।

वासु मावि कालीघाट व्यासी भक्तपुरको ६३औँ वार्षिकोत्सव पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा उनले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका हुन् । 

'प्रजातन्त्र प्राप्तपछि राजनीतिक दलले जनताको मन जित्नेगरी काम गर्न नसक्दा निराशा छाएको छ । तर त्यसको अर्थ अब राजा चाहिन्छ भन्ने होइन, जसरी सानो छँदाको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र कुनै हालतमा फर्कँदैन र फर्किन दिनु पनि हुन्न ।'

प्रजातन्त्र पुनःस्थापनापछि बनेका सरकारहरूले अपेक्षाअनुसारको काम गर्न नसकेको उनको भनाइ थियो । 

वर्गीय रूपमा राजाहरू गरिब वर्गको नभई सामन्त वर्गमै हित गर्ने भएको उनले बताए । अध्यक्ष बिजुक्छेंले राजनीतिक दलका नेताहरू आफ्ना कमजोरीका कारण जनता राजाका पक्षमा फर्केलान भन्ने त्रासमा रहेको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस