दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुने

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०८१, ०७ : ०६
दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुने

काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

प्रतिनिधिसभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस