काठमाडौँ । सानिमा जीआईसी इन्स्योरेन्सले सेयर धनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयर धनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरण र कम्पनीको साधारण सभाबाट स्वीकृतपश्चात् वितरण हुनेछ । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १३ : ०६
लेखकबाट थप