बहुमूल्य धातु व्यवसायीका लागि करदाता शिक्षा कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

आइतबार, २० माघ २०८१, १३ : ५६
बहुमूल्य धातु व्यवसायीका लागि करदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । नयाँ बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गत दर्ता भएका बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई लक्षित गर्दै करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। नयाँ बानेश्वर व्यापार व्यवसायी संघको सहकार्यमा आयोजित उक्त कार्यक्रम २०८१ माघ १८ गते, शुक्रबार सम्पन्न भएको हो।

कार्यक्रममा कर अधिकृत भवानीप्रसाद पौडेलले सुन, चाँदी तथा अन्य बहुमूल्य धातु व्यवसायी (सूचक संस्था) का लागि २०७७ मा जारी निर्देशनका परिमार्जित व्यवस्थाहरूबारे विस्तृत प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागी व्यवसायीहरूले कच्चा पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न पहल गरिदिन आग्रह गरेका थिए। साथै, सुनको मूल्य विगत चार वर्षमा अत्यधिक वृद्धि भएकाले ग्राहक प्रतिको बिक्री अभिलेख १० लाख रुपैयाँको सिमानामा राख्न व्यवहारिक कठिनाइ भएको उल्लेख गर्दै सो प्रावधान पुनरावलोकन गर्नुपर्ने व्यवसायीहरूको सुझाव रहेको थियो।

प्रतिक्रिया दिनुहोस