विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका हुन् ।
अहिलेको कांग्रेस–एमालेबिचको सहकार्य ८४ सम्म भएकाले ८४ पछि मात्रै सरकार परिवर्तन हुने उनको भनाई थियो। मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संशोधनका लागि एमाले र कांग्रेसबिच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए ।
त्यस्तै उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दाबी समेत गरे । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ ।
पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पुँजीगत खर्च बढ्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पौडेललाई वर्षमानको प्रश्नः मैले गण्डकी त्रिभुज परियोजना ल्याउँदा राम्रो भन्नुहुन्थ्यो, कार्यान्वयन किन गर्नुभएन ?
निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयुक्त माग पूरा हुन्छ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे काँग्रेस सभापति देउवासँग परामर्श
आर्थिक सुधारको प्रयास निरन्तर जारी छ: अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ : अर्थमन्त्री पौडेल