पीपीएल टी–२० क्रिकेट

धनगढी ब्लुज्लाई १७ रनले हरायो काठमाडौँ रोयल्सले

शनिबार, १० कार्तिक २०७५, १६ : ५४
धनगढी ब्लुज्लाई १७ रनले हरायो काठमाडौँ रोयल्सले

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाडौँ रोयल्सले धनगढी ब्लुज्लाई १७ रनले हराएको छ ।

एक सय ८१ रनको विशाल लक्ष्य पाएको धनगढी ब्लुज्ले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै एक सय ६३ रन जोडेको थियो । धनगढीका लागि दिपेन्द्रसिंह ऐरीले ५५ रन योगदान गरेका थिए । वसन्त रेग्मीको बलिङमा उनी आउट हुने पुगे ।

आजको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोज्लाई ७० रनले हराएको छ । हिजो शुक्रबार भएको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई हराएको थियो । भोलि आइतबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सको सामना गर्नेछ भने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र पोखरा पल्टन भिड्नेछन् ।

प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस