आन्द्रामा हुने संक्रमण कति खतरनाक हुन सक्छ? जान्नुहोस् लक्षणहरू

एजेन्सी

शनिबार, २० पुस २०८१, ०८ : ४१
आन्द्रामा हुने संक्रमण कति खतरनाक हुन सक्छ? जान्नुहोस् लक्षणहरू

एजेन्सी । आन्द्रामा संक्रमण प्रायः  क्रोहन रोग, अल्सरेटिभ कोलाइटिस र इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) जस्ता समस्याका कारण हुन्छ। 

यसले खान पचाउन निकै कठिन बनाउँछ। आन्द्राको संक्रमण कम गर्न जीवनशैली र खानपानमा केही विशेष परिवर्तन आवश्यक हुन्छ। दैनिक जीवनमा केही सुधार गरेर आन्द्राको समस्या कसरी कम गर्न सकिन्छ भन्नेबारे जान्नुस्।

आन्द्रा संक्रमणको कारण

खराब जीवनशैली र अस्वस्थ खानपानले आन्द्रामा विभिन्न प्रकारका संक्रमण हुन सक्छ। यसलाई ग्यास्ट्रोइन्फेक्सन वा ग्यास्ट्रोएन्टेराइटिस पनि भनिन्छ। यसको शुरूआति लक्षण दिसा पातलो हुनु र बान्ता हुनु हो।

यो ब्याक्टेरिया, भाइरस वा परजीवीका कारणले हुन सक्छ। आन्द्राको सूजन वा जलनलाई कोलन संक्रमण पनि भनिन्छ। यो दूषित खाना, पेटका किरा वा पेटको फ्लूको कारणले हुन सक्छ।

लक्षणहरू :

दिसा पातलो हुने, पेट दुख्ने, वाकवाकी र बान्ता, ज्वरो, थकान, पेटमा मरोड, रगत मिसिएको दिसा आउनु इत्यादि ।

संक्रमणका कारणहरू : 
जङ्क फूड वा दूषित पानी सेवन।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क।

उपचारका उपायहरू :
सरसफाइमा ध्यान दिनुहोस् ।
हात नियमित रूपमा धुनुहोस्।
दूषित खाना र पानीको सेवन नगर्नुहोस्।
बच्चाहरूलाई रोटा भाइरसविरुद्धको खोप लगाउनुहोस्।
धेरै तरल पदार्थ पिउनुहोस्।
पचाउन सजिलो हल्का खाना खानुहोस्।
डाक्टरको सल्लाह लिनुहोस् ।

आन्द्राको संक्रमण समयमै पहिचान गरी उपचार गर्दा गम्भीर समस्याबाट बच्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस