एजेन्सी । इजरायलले हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक नेता इस्माइल हानियालाई तेहरानमा मारेको स्वीकार गरेका हुन् ।
आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाउने कुरा गरेसमेत गरेको बीबीसीले जनाएको छ । यस क्रममा उनले हमासका नेताबारे पनि कुराकानी गरेका थिए ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग गाजामा युद्धविरामका लागि सहमतितर्फ केही प्रगति भएको बताएका छन् । तर, यो सम्झौता कहिले हुन्छ भन्ने कुनै समय सीमा तोकिएको छैन ।
गत जुलाईमा इरायली कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानिया मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ पुस २०८१, ०९ : १५
लेखकबाट थप