काठमाडौं। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी दिल्ली पुगेकी छन् । जर्मनीबाट उनी भारतको दिल्लीतर्फ गएकी हुन् । परराष्ट्र मन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरे। उनी शुक्रबार दिल्लीमा हुने इन्डो-नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनेछिन् ।
उनले पुस ६ गते आफ्नो स्वास्थ्य फलोअप गर्ने कार्यक्रम पनि छ । दिल्लीमा परराष्ट्र मन्त्री राणाले राजनीतिक भेटघाट गर्ने सम्भावना पनि छ ।
परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएका थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १३ : ३३
लेखकबाट थप