काठमाडौँ । एमाले सांसद तथा सहकारी छानबिन समितिका सभापति सूर्यबहादुर थापाले सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू जहाँसुकै भएपनि जोगिने अवस्था नरहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले भने, ‘सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू अब जहाँसुकै भएपनि जोगिने अवस्था छैन ।’छानबिन प्रतिवेदनले सहकारी ठगीमा संलग्नहरुलाई प्रतिवेदनका आधारमा सरकारले कारबाहीको दायरामा ल्याउने बताए ।
‘पानीमुनि गएपनि छाड्दैन, आकाशमै गएपनि छोड्दैन । पाताल मुनि गएपनि छाड्दैन । यो एउटा राष्ट्रिय जागरण, जागृति र कर्तव्यबोधको अनुभूति प्रतिवेदनले गरेको छ’, थापाको भनाइ छ ।
थापाको नेतृत्वमा सहकारीको रकम हिनामिना र अपचलनबारे संसदीय छानबिन समिति बनेको थियो । त्यही प्रतिवेदनका आधारमा अहिले रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशीलगायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
उनले पाँचवटा पार्टीको सहमतिमा प्रतिवेदन बनेको भन्दै पछिल्लो समय प्रतिवेदन एक जना मानिसमा मात्र केन्द्रित भएको भनेर तुवाँलो छर्ने काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १५ : २५
लेखकबाट थप