एजेन्सी । रेजा हेन्ड्रिक्सको शतकको सहयोगमा दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टी-२० मा सात विकेटको जित हात पारेको छ। २०७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले तीन बल बाँकी रहँदा तीन विकेटको क्षतिमा २१० रनको योगफल खडा गरेको हो।
पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हेन्ड्रिक्सले ६३ बलमा ११७ रनको योगदान गरे। उनले ७ चौका र १० छक्का प्रहार गरे। रुबेन भास डुसेन अविजित रहँदै ३८ बलमा ६६ रन जोडे। उनले ३ चौका र ५ छक्का प्रहार गरे। पाकिस्तानका जहनदाद खानले १० ओभरमा ४० रन खर्चेर २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा २०६ रनको योगफल खडा गरेको हो। पाकिस्तानका सायुम अयुबले अविजित रहँदै ५७ बलमा ९८ रन जोडे। उनले ११ चौका र ५ छक्का प्रहार गरे। यरफान खानले १६ बलमा ३० रनको योगदान गरे।
दक्षिण अफ्रिकाका डायम गालमले डेब्यु खेलमै शानदार बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। उनको बलमा सुरुवातमै ३ रनमा रहेको अवस्थामा दक्षिण अफ्रिकाले अयुबको सहज म्याच छाडेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २९ मंसिर २०८१, ०८ : २१
लेखकबाट थप