निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २८ मंसिर २०८१, १३ : ३५
निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको छ ।

त्यस्तै, तोकिएको समय भन्दा बढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने मन्त्रालयको निर्णयमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस