लुभेन । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकताको नियमावली निर्माणका लागि परराष्ट्र, गृह र कानूनमन्त्रीबीच एक खालको सहमति भई नियमावली निर्माणको क्रममा रहेको र छिट्टै सार्वजनिक गरिने उल्लेख गरेकी छन् ।
संविधान र ऐन आइसकेको परिप्रेक्ष्यमा राजनीतिक अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकताको नियमावली आउन ढिलाइ भएको स्वीकार्दै परराष्ट्र मन्त्री देउवाले अहिले मन्त्रीस्तरमा सहमति भई अन्तिम तयारी भइरहेको प्रष्ट पारिन् ।
बुधबार बेल्जियमको लुभेनमा जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री देउवाले अहिले प्रदान गरिंदै आएको गैरआवासीय नेपाली नागरिकताले संविधान प्रदत्त अधिकार व्यवहारमा उपभोग गर्ने वातावरण नबनेकोले छिट्टै नियमावलीको आवस्यकता सरकारले महशुश गरेको स्पष्ट पारिन्। सो कार्यक्रममा बोल्दै उनले एनआरएनएका बारेमा सर्वोच्च अदालतबाट आएका दुई निर्णयहरूमा तादम्यता नदेखिएकोले तेस्रो पक्षको उजुरीमाथिको निर्णय सरकारले कुरिरहेको पनि बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री देउवा र कतारका विदेशमन्त्रीबीच फोनवार्ता, विपिनको रिहाइको पहलका लागि अपिल
भारतका निजी क्षेत्र र व्यवसायीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री देउवाको आग्रह