कोरियाली राष्ट्रपतिले मागे जनतासँग माफी

एजेन्सी

शनिबार, २२ मंसिर २०८१, १० : ४०
कोरियाली राष्ट्रपतिले मागे जनतासँग माफी

काठमाडौं । सैनिक शासन (मार्शल कानुन) लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जनतासँग माफी मागेका छन् । गत डिसेम्बर ३ तारिख १२ बजेदेखि लागू हुने मार्शल कानुन घोषणा गरेका उनले असफल भएपछि कोरियाली जनतासँग माफी मागरेका हुन् ।

उनले मार्शल कानुन लागू गरेको २ घण्टामै संसद त्यसलाई खारेज गर्ने प्रस्ताव दर्ता भएको थियो । उनले त्यसलाई स्वीकार गर्दै मार्शल कानुन खारेज गर्दै सेनालाई फिर्ता गरेका थिए । ‘यो प्रक्रियामा मैले नागरिकहरूलाई धेरै असुविधा दिएँ र डराउनुभयो होला,’ असफल प्रयासपछि उनले भनेका छन्, ‘यसको बारेमा दु:ख व्यक्त गर्दै भित्री ह्रदयदेखि माफी माग्छु ।’

माफी माग्दै उनले यसपछिका दिनमा आफूले यो कानुन लागू नगर्ने वाचा पनि गरेका छन् । उनले भनेका छन्, ‘म यहाँहरूलाई आश्वस्थ पार्न चाहन्छु, यो कानुन दोस्रो पटक लगाउने छैन ।’

राष्ट्रपति योलले आफ्नो कार्यकालमा भएका घटनाको जिम्मेवारी आफू र पार्टीले लिएर अघि बढ्नेसमेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस