काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताएका छन्।
३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले अपाङ्गताका आधारमा हुने सबै प्रकारका विभेद निषेध गर्नुपर्ने बताएका छन्।
अपाङ्गता भएका नागरिकलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु संविधानको मर्म भएको उनले स्मरण गराएका छन्। ‘शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै अवसरमा समान पहुँच स्थापित गर्न आवश्यक छ’, उनको सन्देशमा उल्लेख छ।
राष्ट्रपति पौडेलले अपाङ्गता भएका व्यक्तिलाई सरकारी कार्यालय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, निजी संरचना अपाङ्गतामैत्री निर्माण गरी आवतजावतमा सुविधा पुर्याउनुपर्नेमा पनि जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउँछ : राष्ट्रपति पौडेल
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पौडेल
विश्वमा आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक छः राष्ट्रपति पौडेल
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट
उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपति पौडेलको जोड