काठमाडौं । घुम्ने गन्तव्य बारे विस्तृत जानकारी दिँदै आएको अमेरिकी ट्राफल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्न लायक विश्वका १० उत्कृष्ट शहरको सूचि निकालेको छ ।
त्यस सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले हरेक वर्ष सूचि निकाल्ने गरेको छ र यसमा नेपालको शहर प्रायः पर्ने गरेका छन् । १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी छन् ।
काठमाडौं शहर सन् २०१५ अर्थात साढे तीन वर्षअघिको भूकम्पको पीडा भुलेर विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार र आतुर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । पुनर्निर्माणले काठमाडौँ शहरलाई पुनर्ताजकी गरेको, विशेष गरी ऐतिहासिक क्षेत्र पर्यटकलाई स्वागत गर्न तयार रहेको बताइएको छ ।
साथै हर्न निषेध गरिएको, ऐतिहासिक क्षेत्रहरुमा गाडी प्रवेश गर्न बन्देज गरिएको, मध्यकालीन वास्तुकलाले सजिएको र रात्रि जीवन तथा खानाको लागि पनि काठमाडौं घुम्नलायक रहेको भनेर व्याख्या गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०७५, १३ : २८
लेखकबाट थप