सातवटा चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार

सफल खबर संवाददाता

शुक्रबार, ३० कार्तिक २०८१, १४ : २९
सातवटा चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार

काठमाडौं। संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएन टुरिजम)ले चीनका सातवटा गाउँलाई यस वर्षको ‘उत्कृष्ट पर्यटन गाउँ’घोषणा गरेको छ । बेइजिङको स्थानीय  समयअनुसार शुक्रबार कोलम्बियाको कार्टाजेनामा आयोजित राष्ट्रसङ्घीय पर्यटन बैठकमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।

 

 

पुरस्कृत हुनेमा युन्नानको आझेके, फुजियानको गुआन्याङ, हुनानको शिबाडोङ, सिचुआनको ताओपिङ गाउँ, अनहुईको सियाओगाङ गाउँ, झेजियाङको जिटोउ र सान्डोङको यान्दुन्जियाओ रहेका छन् ।

 

 

चीनको ग्रामीण पर्यटन विकासमा उल्लेखनीय भुमिका खेलेका पूर्वी, मध्य र पश्चिमी क्षेत्रहरूमा फैलिएका गाउँहरू भूगोल, संस्कृति र विकास नमूनाको सन्दर्भमा प्रतिनिधिमुलक गाउँहरू हुन् ।

युनेस्कोको विश्व सम्पदा स्थल होङ्गे हानी राइस टेरेसको मध्य विन्दुमा अवस्थित युन्नानको अझेक गाउँले पर्यटन विकासका लागि उल्लेखनीय कार्य गरेको जनाइएको छ ।  यस गाउँका बासिन्दाहरूले सामूहिक सहभागिता र साझा समृद्धिको मोडेल सिर्जना गर्दै घर र परम्परागत जीवनशैलीजस्ता स्रोतमार्फत पर्यटन प्रवर्द्धनमा योगदान गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस