पुर्वप्रधानमन्त्री खनाल र कोरियाली राजदुतबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, २९ कार्तिक २०८१, १२ : ५२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा खनाल र राजदुत पार्कवीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा पूर्वप्रधानमन्त्री खनालले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरियाबीचको सम्बन्धमा अझै बिकास हुने विश्वास व्यक्त गरे ।

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए । भेटमा दुई देशवीचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस