नेयमारको पहिलो रोजाई १० नम्बर जर्सी थिएन

एजेन्सी

शुक्रबार, ०२ कार्तिक २०७५, ०९ : ५१
नेयमारको पहिलो रोजाई १० नम्बर जर्सी थिएन

 नेयमारले डानी अल्भेसको दबाबमा ब्राजिलियन फुटबल टोलीमा आफुले १० नम्बर जर्सी लगाउन थालेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमारले ब्राजिलबाट खेल्दा आफुले चाहेका २ वटा नम्बर प्रयोग गर्न नपाएको बताए । उनले ७ र ११ नम्बर जर्सी रोजेर पनि नपाएको खुलासा गरे ।

जर्सीको नम्बर रोज्नुको कारण बताउँदै उनले भने, ‘रोबिन्हो मेरो आदर्श हुन् र सान्टोसमा मैले ७ नम्बर जर्सी लगाएर खेलेको थिए । त्यहिबाट मेरो सुरुवात भएको थियो ।’ ७ नम्बर छाडेर ब्राजिलियन टोलीमा ११ नम्बर जर्सी लगाउनको कारण पनि नेयमारले बताएका छन् । उनले भने, ‘रोबिन्होले राष्ट्रिय टोलीमा पुनरामगन गरेपछि मैले उनको आदरमा ११ नम्बर जर्सी लगाए । त्यो मेरो दोस्रो विकल्प थियो ।’

तत्कालिन प्रशिक्षक लुइस फिलिपे स्कोलारीका कारण जर्सी नम्बरमा अवरोध पुगेको पनि नेयमारले स्मरण गरेका छन् । उनले थपे,’स्कोलारीले नम्बरका विषयमा विवाद गरे , मैले उनलाई मलाई ७ र ११ नम्बर मन पर्छ भनेको थिए । तर स्कोलारीले मानेनन् । ‘

उनले थपे, ‘डिफेन्डर डानी आल्भेसले मलाई सुझाव दिए । तिमी १० नम्बर जर्सी लगाउ । तिम्रो लागि यहि सहि हुन्छ । ‘ बार्सिलोनामा रहँदा नेयमारले ११ नम्बर जर्सी लगाएका थिए । बार्सिलानोमा लियोनल मेस्सीले पहिलादेखि नै १० नम्बर जर्सी लगाउने भएकाले नेयमारले ११ लगाउनुकोको विकल्प थिए । पिएसजीमा उनले १० नम्बरकै जर्सी लगाउँछन् । ब्राजिलियन टोलीमा पनि उनी पछिल्लो समय १० नम्बरकै जर्सी लगाउँछन् ।

प्रतिक्रिया दिनुहोस