यस वर्षको दशैंभर मौसम सफा रहने

बुधबार, ३१ असोज २०७५, ११ : ३३
यस वर्षको दशैंभर मौसम सफा रहने

काठमाडौं : यस वर्षको दशैमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर यस वर्षको दशैंमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । मनसुन सक्रिय गराउने वायु मुलुकबाट बाहिरिसकेकाले देशभरको मौसम सफा हुने महाशाखाले जनाएको छ ।

बिहीबार दशैको महानवमी र शुक्रबार विजय दशमी अर्थात् टीकाको दिन हिमाली र उच्च पहाडी क्षेत्रबाहेक अन्य स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ । बुधबार र शुक्रबार पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमको हिमाली र उच्च पहाडी क्षेत्रमा आंशिक बदली हुन सक्ने महाशाखाले जनाएको छ ।

टीकाको दिन पूर्वीपहाडी भू–भागमा छिटफुट वर्षा हुने मौसमविद्ले बताएका छन् ।

काठमाडौं उपत्यकासहित मुलुकभरका उपत्यकाहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने क्रम सुरु भएको छ । मध्य असोजदेखि मनसुन सकिएस“गै देशका पहाडी र हिमाली क्षेत्रहरुमा बिहानको समयमा हुस्सु लाग्न सुरु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस