कर्णालीका सुगम जिल्लामा बढी स्वास्थ्य संस्था

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०८१, १६ : १९
कर्णालीका सुगम जिल्लामा बढी स्वास्थ्य संस्था

सुर्खेत । कर्णालीका १० जिल्लामा ९४१ वटा स्वास्थ्य संस्था रहेका छन् । १९ प्रकारका विभाजित १० जिल्लामा ९४१ स्वास्थ्य संस्था चालु अवस्थामा रहेको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए ।

यि मध्य जुम्ला र सुर्खेतमा जिल्ला अस्पताल नभएको तथ्यांकमा देखिएको छ । जुम्लामा कर्णाली स्वास्थ्य प्रतिस्ठान रहेको छ भने सुर्खेतमा प्रदेश अस्पताल लगायतका स्वास्थ्य संस्था रहेका छन् । सेकेडरी अस्पताल सुर्खेतमा एक रहेको छन् । आधारभुत स्वास्थ्य केन्द्रहरुको संख्या ३१४ वटा रहेको छ ।

डोल्पामा २० , मुगुमा २२ , हुम्लामा ८ , जुम्लामा २१ , कालिकोटमा ४८ , दैलेखमा २५ , जाजरकोटमा ४४ , रुकुम पश्चिममा ४४ , सल्यानमा ३२ , सुर्खेतमा ५० गरेर जम्मा ३१४ वटा रहेको निर्देशनालयले जानकारी दिएको छ । सबै भन्दा ठुलो जिल्ला डोल्पामा सबै भन्दा कम रहेका छन् । त्यहाँका पालिकामा आधारभुत अस्पताल सञ्चालनमा नरहेको अवस्था छ । १५ शश्याको जिल्ला अस्पताल बाहेक अन्य २३ वटा हेल्थ पोष्ट मात्र रहेका छन् । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको हिसावमा डोल्पा कम्जोर देखिएको छ । 

कोरोनाको समयमा सञ्चालनमा ल्याइएको एक वटा कोभिड स्वास्थ्य संस्था रहेको रेडर्कमा देखिएको छ । सामान्य अस्पतालको रुपमा कर्णालीमा तीनवटा मात्र रहेको पाइएको छ । प्राथमिक अस्पतालको संख्या २१ वटा रहेकोमा मुगुमा १ , हुम्लामा १ , कालिकोटमा ५ , दैलेखमा ४ , जाजरकोटमा ३ , रुकुम पश्चिममा ४ , सल्यानमा २ र सुर्खेतमा १ वटा रहेको छ । यि पालिकामा रहेका स्वास्थ्य संस्थाहरु हुन् ।

संघ सरकारले अनुदान दिएर निर्माण गर्न लागेका यि प्राथमिक अस्पतालहरु रहेका छन् । प्रदेशमा डायग्नोस्टक सेन्टर १ रहेको छ । गैर सरकार संस्थाले सञ्चालन गरेका २२ स्वास्थ्य संस्थाहरु रहेका छन् ।

डोल्पा , मुगु , हुम्ला र जाजरकोटमा यस्ता खालका स्वास्थ्य संस्था नभएको तथ्यांकमा उल्लेख रहेको छ । जुम्लामा १ , कालिकोटमा १ , दैलेखमा ७ वटा , रुकुम पश्चिममा १ , सल्यानमा १ र सुर्खेतमा ११ वटा रहेको पाइएको छ । यो तथ्यांकले के देखाउछ भने दुर्गम भन्दा सुगममा सबै भन्दा बढी स्वास्थ्य संस्था सञ्चालनमा रहेको छन् ।

सहरी स्वास्थ्य केन्द्रको संख्य कर्णालीमा जुम्लामा १ , दैलेखमा ५ , रुकुम पश्चिममा १० , सल्यानमा ५ र सुर्खेतमा १० वटा रहेको निर्देशनालयले जनाएको छ । यो तथ्यांकले पनि सुगम क्षेत्रमा बढी स्वास्थ्य संस्थाको संख्य देखिएको छ । यस्ता खालका स्वास्थ्य संस्था कर्णालीका डोल्पा , मुगु , हुम्ला , कालिकोट र जाजरकोटमा नभएको देखाएको छ । 

कर्णालीका १० जिल्लामा हेल्थ पोष्टको संख्या सबै भन्दा बढी रहेको छ । डोल्पामा २३ , मुगुमा २४ , हुम्लामा २६ , जुम्लामा २९ , कालिकोटमा २७ , दैलेखमा ५५ , जाजरकोटमा ३० , रुकुम पश्चिमा २५ , सल्यानमा ४४ र सुर्खेतमा ४७ वटा रहेका छन् । सबै गरेर कर्णालीमा ३३० वटा रहेको निर्देशनालयले जानकारी दिएको छ । यो तथ्यांकले पनि दुर्गम भन्दा सुगममै बढी हेल्थपोष्ट रहेको देखाएको छ ।

संस्थागत क्लिनिकको संख्या कर्णालीमा सुर्खेतमा २ वटा मात्र रहेको पाइएको छ । जिल्ला अस्पतालको संख्य कर्णालीमा आठ वटा रहेको छ । जुम्ला र सुर्खेत बाहेक आठ वटा रहेका छन् । निजी अस्पतालको संख्या ८ वटा रहेको छ । रुकुम पश्चिममा ४  र सुर्खेतमा ४ वटा  निजी अस्पताल रहेका छन् । अन्य ८ जिल्लामा निजी अस्पताल नभएको पाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको संख्या कर्णालीमा ११ वटा रहेकामा सबै भन्दा बढी सुर्खेतमा रहेको पाइएको छ । सुर्खेतमा तीन , सल्यानमा २ , रुकुम पश्चिममा १ , जाजरकोटमा १ , दैलेखमा २ , जुम्लामा १ र  मुगुमा १ वटा रहेको पाइएको छ । यो तथ्यांकले पनि सुगममै बढी रहेको देखिएको देखाएको छ । 

बिभिन्न प्रकारका स्वास्थ्य संस्थाहरु गरेर डोल्पामा ५१ वटा , मुगुमा ६५ , हुम्लामा ५५ , जुम्लामा ६१ , कालिकोटमा ९४ , दैलेखमा १२० , जाजरकोटमा ९६ , रुकुम पश्चिममा ९६ , सल्यानमा १००  र सुर्खेतमा २०३ गरेर जम्मा प्रदेश भरी ९४१ वटा स्वास्थ्य संस्थाहरु रहेको निर्देशनालयले जनाएको छ । यो तथ्यांक विश्लेषण गर्दा दुर्गम भन्दा सुगम जिल्लामा नै बढी स्वास्थ्य संस्था र पहुँच रहेको देखिन्छ । हिमाली जिल्लाहरुमा स्वास्थ्य सेवाको पहुँच सबै भन्दा कम देखिएको छ ।

स्वास्थ्यमा सहज रुपमा पहुँच नहुँदा अघिल्लो आवमा मात्र जाजरकोटबाट ७ , डोल्पाबाट १२ , हुम्लाबाट ६ , रुकुम पश्चिमबाट ७ , दैलेखबाट ३ र कालिकोटबाट ५ गरेर ४० जना सुत्केरी तथा गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल तथा नेपालगन्ज , काठमाडौँ सम्मा पुर्याएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरर्गत राष्ट्रपति महिला सशक्तीकरण परियोजना राष्ट्रपति महिला उत्थान समन्वय एकाइको हवाई उद्दार सम्पर्क व्यक्ति इन्दिरा आचार्यले दिएको जानकारी अनुसार यो मात्रामा सरकारले उद्धार गरेको थियो । सवारी दुर्घनाबाट समेत धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ । समयमै उपचार नपाउदा कर्णालीमा मृत्यु हुनेको संख्य ठुलै रहेको छ । 

कर्णालीका पाँच जिल्लामा अस्पताल निर्माण हुँदै 

कर्णालीका पाँच जिल्लाका अस्पतालहरु निर्माण कार्य तिब्र बनाएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त अस्पताल निर्माण कार्य तिब्र बनाएको हो ।

डोल्पा , सल्यान , रुकुम पश्चिम , हुम्ला , दैलेखमा अस्पतालहरु निर्माण कार्य जारी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । २०७९÷८० मै निर्माण हुनुपर्ने यि अस्पतालहरु तोकिएको समयमा निर्माण नभएपछि आब २०८०÷८१ मा रुकुम , दैलेखमा मात्र म्याद थप भएको छ । प्रशासन तथा योजना अनुगमन महाशाखा प्रमुख सुबर्ण कुमार खड्काले दुई जिल्लाको अस्पतालको म्याद थप भएको बताउनुभयो । केही अस्पतालको अघिल्लो वर्ष म्याद थप भएको भए यो वर्ष म्याद थप गर्न नपर्ने पनि उनले बताए ।

यसै बीचमा डोल्पा अस्पतालको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भइसकेको छ । अन्य सल्यान अस्पतालको भवन ६२ प्रतिशत भएको मन्त्रालयले प्रगती विवरणमा राखेको छ । त्यस्तै रुकुम अस्पतालको ८० काम सकिएको भन्दै मन्त्रालयले यो आवमा सम्पन्न गर्नका लागि थप बजेट बिनियोजन गरेको जानकारी दिइएको छ । सल्यान र रुकुम पश्चिमका अस्पताल निर्माणका लागि चालु आवको हाल सम्मा कुनै पनि रकम खर्च नभएको मन्त्रालयले जनाएको छ । हुम्ला अस्पतालको निर्माण कार्य जारी रहेको छ ।

उक्त अस्पतालको ६५ प्रतिशत भौतिक प्रगती रहेको चालु आबमा छुट्याएको बजेटबाट ६ लाख ९ हजार रकम भुक्तानी समेत लिएको मन्त्रालयले प्रगती विवरणमा सार्वजनिक गरेको छ । दैलेख अस्पतालको भौतिक प्रगती हाल सम्मा ४० प्रतिशत मात्र भएको छ । अन्य अस्पतालसँगै लगाएको ठेक्का भएपनि दैलेख अस्पतालको काम निरासाजनक रहेको पाइएको छ ।

यि सबै ठेक्काहरु आब २०७९÷८० मै सम्पन्न गर्नुपर्ने भएपनि हाल सम्मा म्याद थप गरेर निर्माण कार्य जारी राखिएको छ । अधुरा भौतिक संरचना निर्माण गर्नका लागि मन्त्री तथा सचिव स्तरिय टोलीले जिल्लामा गएर अनुगमण गरेको प्रगती विवरणमा उल्लेख रहेको छ । अनुगमण पश्चात म्याद थपका कामहरु भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस