बुटवल। नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशनले शोभाखर पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शुक्रवार सम्पन्न अधिवेशनले पोखरेलको अध्यक्षतामा ७९ सदस्यीय नागरिक कमिटी निर्विरोध चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा माधवकुमार खनाल, सचिवमा दिनानाथ भट्टराई तथा उपसचिवमा विकासजंग बस्नेत र मेनका थापा चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन मण्डलका संयोजक युवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
सो अवसरमा बोल्दै एमाले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले संगठनलाई थप बलियो बनाएर लैजान निर्देशन दिए । पार्टीले गरेका सकारात्मक कार्यहरू जनतासमक्ष लैजान र जनताका गुनासो सुनेर आगामी निर्वाचनका लागि आजैदेखि तयारीमा लाग्न उनले निर्देशन दिए ।
अध्यक्ष मण्डलका अध्यक्ष तथा एमाले बुटवल उपमहानगरका इन्चार्ज गोपाल रानाले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामनासहित जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए ।
पार्टीको संगठनलाई थप क्रियाशील र सशक्त बनाउँदै ८४ सालमा हुने स्थानीय तथा संसदीय निर्वाचनको तयारीमा लाग्न उनले आग्रह गरे । पार्टीप्रति फैलाइएका गलत भ्रमहरूलाई चिर्दै जनताका घर दैलोमा पुग्नेगरी गतिविधि सञ्चालन गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १४ : ०४
लेखकबाट थप