यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ०५ कार्तिक २०८१, ०८ : ५०
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य घटबढ भएको छैन। तर, युरो, कुबेती दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर भने घटबढ भएको छ। 

आज युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढ्दा अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही मुद्राको मूल्य घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा छ। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४९ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा थियो। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो  पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा थियो। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस