मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।
पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ आउँदै गरेको ना१च ७६९२ नम्बरको कार आपसमा ठोकिएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक गोरखाको आरुचनौटेका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुुस्ताङका प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए।
दुर्घटनाको कारण भने खुलेको छैन । कार र मोटरसाइकल ठोकिँदा घाइते भएका खड्कालाई जिल्ला अस्पताल मुस्ताङ पु¥याइएको थियो। अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपर सडकबाट तल खस्दा चालकको मृत्यु
विषाक्त मदिराका कारण बिहारमा कम्तीमा २४ जनाको मृत्यु
प्रहरी हबलदारको ट्रकको ठक्करबाट मृत्यु
भिरबाट खसेको ढुंगा बसमा लाग्दा बालिकाको मृत्यु
मोटरसाइकल आपसमा ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एकको मृत्यु