काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरूको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु. दुई करोडको चेक हस्तान्तरण गरे । यसैगरी, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले रु. पाँच लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असोज २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले पनि उपचार खर्च पाउने