बाढीपीडितका लागि भारतीय दूतावासले दियो राहत सामग्री

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, ०८ : ५१
बाढीपीडितका लागि भारतीय दूतावासले दियो राहत सामग्री

नेपालगन्ज । भारतीय दूतावासले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

भारु १ करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए । सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाललगायत छन् ।

भारत सरकारको तर्फबाट आज पनि सामग्री आउने र सबै सामग्री संकलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौं पठाइने प्रजिअ रिजालले जानकारी दिए ।

ती सामग्री भारतबाट बाँके हुँदै आएकाले त्यहीँका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस