हुन्डाई नेपालले 'हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्री राइड टु होम' अभियान सञ्चालन गर्ने​

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १६ : २५
हुन्डाई नेपालले 'हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्री राइड टु होम' अभियान सञ्चालन गर्ने​

काठमाडाैं। हुन्डाई नेपालले 'हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्री राइड टु होम' अभियान सञ्चालन गर्ने भएको छ । दशैं, तिहार र छठ पर्व मनाउन आफ्नो घर जाने हुन्डाई ग्राहकहरूको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (हुन्डाई गाडीको एक मात्र आधिकारिक बिक्रेता)ले अभियान सञ्चालन गरेको हो ।

सेवा असोज २२ देखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । यसअन्तर्गत मुख्य राजमार्गहरूका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइनेछ।

हुन्डाईले आफ्ना दक्ष प्राविधिकहरू सहित ९ प्रमुख स्थानहरू (हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके, र कैलाली लगायत देशका महत्त्वपूर्ण राजमार्गमा चेकअप पोइन्टहरू स्थापित गरेको छ। कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ।

 

 

 

 

 

 

 

 

विद्युतीय सवारी साधनका लागि पोर्टेबल डीसी चार्जरहरू पनि उपलब्ध हुनेछन् । यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकहरूलाई सवारी साधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य हो।

२०१४ देखि सञ्चालन मा रहेको 'हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्री राइड टु होम' अभियान हुन्डाईको बिक्री पछिको सेवाको प्रतिबद्धता र समर्पणको प्रमाण हो । हुन्डाईले प्रिमियम सवारी साधन उपलब्ध गराउनुका साथै त्यसपछि ग्राहकलाई चाहिने सम्पूर्ण सेवा प्रदान गर्नमा पनि उत्तिकै ध्यान राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस