कोराना जोखिम बढेसँगै खोप अभियान सुरू

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १४ : ३६
कोराना जोखिम बढेसँगै खोप अभियान सुरू

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ । परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् ।

बेलायत, अमेरिका लगायतका युरोपेलि मुलकमा ओमिक्रोनको सबभेरियन्ट एक्सइसीले संक्रमण, भर्ना र मृत्युदर बढाइरहेको छ । नेपालमा पनि जोखिम कायम नै छ । त्यसैलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहमा मागअनुसार खोप उपलब्ध गराउँदै अभियान सञ्चालन गरेको हो ।

धनगढी उप महानगरपालिकाले आजदेखि खोप अभियान सुरू गरेको छ । जसमा १२ बर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई खोप दिनेछ । ‘प्रत्येक वडामा तोकिएको खोप केन्द्रमा आजदेखि कोरोना विरुद्धको फाइजर खोप दिइदै छ’, उपमहानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ, ‘हालसम्म कोरोनाको खोप नलाएको वा पहिला खोप लगाएको कम्तीमा पनि एक वर्ष पुगेका सम्पूर्ण व्यक्तिलाई खोप दिइने छ ।’

 

 

प्रतिक्रिया दिनुहोस